दफा ३१
बढुवाको आधार
(१) बढुवा समितिले कर्मचारीलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्यक्षमताको आधारमा गर्नेछ ।
(२) कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एक सय अङ्क दिइनेछः-
(क) कार्यसम्पादन मूल्याङ्कन बापत पचास अङ्क
(ख) ज्येष्ठता बापत तीस अङ्क
(ग) शैक्षिक योग्यता बापत पन्ध्र अङ्क
(घ) तालिम बापत पाँच अङ्क